शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई घण्टा पर सर्‍यो प्रतिनिधि सभा बैठक

बुधबार, २९ भदौ २०७९, १० : ०३
बुधबार, २९ भदौ २०७९

संघीय संसद प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको संसद् सचिवालयले जनाएको छ ।  

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । 

त्यसैगरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने  सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक पनि आजै विहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप