शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेका छौँ : राज्यमन्त्री केसी

बुधबार, २९ भदौ २०७९, ११ : ४६
बुधबार, २९ भदौ २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । राज्यमन्त्री केसीले बुधबार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले रोगको पहिचान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।

स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य भइरहेको छ ।  जनप्रतिनिधि सँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, समाज परिवार, व्यक्तिमा सचेतना फैलाउने काम भइरहेको छ ।’ डेंगुबाट बच्न पुरा बाहुला भएका कपडा लगाउन पनि उनले अनुरोध गरे । 

उनले भने, ‘प्रायजसो दिनको समय, विशेषगरी विहान र बेलुकाको समयमा सकृय रहने एडीस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ ।’

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको पनि उनको भनाइ छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप