दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । ती विधेयकलाई विधायन समितिमा पठाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेका थिए । सो विधेयक प्रतिनिधिसभामा उत्पति भई उक्त सभाबाट पारित भएर सन्देशसहित राष्ट्रियसभामा आएको थियो ।
राष्ट्रियसभाको यही भदौ २१ को बैठकले सो विधेयकलाई दफावार छलफल गरी प्रतिवेदन पेस गर्न विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिको यही भदौ २४, २६, २७ र २८ गते बसेको बैठकमा विधेयकमाथि छलफल भएको सभापति डा भुसालले जानकारी गराए।
समितिले कृषि तथा पशुपक्षी विकासमन्त्री, मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका पदाधिकारी लगायतसँग विधेयकका सम्बन्धमा छलफल गरेको थियो । विधेयकका विभिन्न दफामा समूहगत र व्यक्तिगत गरी कूल २६ सांसदले ८६ बुँदामा संशोधन प्रस्ताव राखे।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७९’, ‘तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक, २०७९’, ‘स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’, ‘प्रत्ययन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’, ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र ‘योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाए ।
सङ्घीय संसद्का दुवै सदनबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले विभिन्न मितिमा प्रमाणीकरण गरेकी थिइन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते अपराह्न २:५९ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
-
भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन
-
अमेरिकन डलरसहित युवक पक्राउ
-
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्न : मुख्यमन्त्री कँडेल
-
कास्की अदालतमा सूर्य थापामाथि खनिए रवि, योजनाअनुसार प्रतिवेदन लेखेको आरोप
-
१० बजे १० समाचार : दुर्गा र रविको हिरासतमै बासदेखि ‘दुई नम्बरे उपकुलपति’को आरोपसम्म