रसुगागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले २३ असारदेखि ३१ साउनसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर रीतपूर्वक आवेदन दिएका आवेदकहरुलाई मंगलबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।
आइपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका बासिन्दाले आवेदन दिन दिएका थिए । यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्ब्र ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित जिल्लाका बाँकी सबै बासिन्दाहरुले पनि आवेदन दिएका थिए ।
सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरू एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपिओ नतिजा हेर्न बनाएको https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थको मुल्य यथास्थितिमा राख्न अवस्था छैन : उद्योगमन्त्री रिजाल
-
बाराको जीतपुरस्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी, क्षतिको विवरण आउन बाँकी
-
आँचल अभिनित साउथ फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज
-
एनसेल शेयर विक्री प्रकरण : तीन निकायलाई लेखा समितिले सोध्यो नौ प्रश्न (प्रश्नसहित)
-
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन : प्रतिवेदनमा के छ ?
-
भारतीय खेलाडी सुभयान कुण्डुले जीते हेटौँडा कप बुद्धिचालको उपाधि