मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘देशभित्रै अर्को देश’ बनाउने षड्यन्त्र रच्ने चीनका यी दम्पती

बिहीबार, ३० भदौ २०७९, ११ : १३
बिहीबार, ३० भदौ २०७९

प्रशान्त क्षेत्रमा अवस्थित मार्शल टापुमा एक चिनियाँ दम्पतीले एउटा सानो राज्य बनाउने षड्यन्त्रबारे अहिले निकै चर्चा भइरहेको छ । ठगी सम्बन्धी मुद्दामा संलग्न अमेरिकी वकिलहरूले उनीहरूले सांसद र अधिकारीहरूलाई आफ्नो काम गराउन घुस दिएको बताएका छन् ।

मार्शल आइल्याण्ड्स हवाई र अष्ट्रेलिया बीचको टापुहरूको एउटा श्रृंखला हो । पहिले यो अमेरिकाको अधीनमा थियो तर सन् १९७९ पछि यसले स्वतन्त्रता पायो । यद्यपि, यो प्रशान्त क्षेत्रमा अमेरिकाको रणनीतिक आधार रहिरह्यो । यहाँ अमेरिकाले आफ्नो सुरक्षा गठबन्धनलाई निरन्तरता दिइरहेको छ तर चीनले यहाँ आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको छ ।

यी दुई दम्पती​ले मार्शल आइल्याण्डको एक सुदुर द्वीपमा अर्ध–स्वायत्त क्षेत्र स्थापना गर्नका लागि त्यहाँका सांसदमाथि दबाब दिने कोसिस गरे । यसरी प्रशान्त क्षेत्रमा अवस्थित यस देशमा विदेशीको पहुँचको आशंका उत्पन्न भएको छ ।

मार्शल आइल्याण्ड्सको सार्वभौमसत्तामा चोट पुर्‍याउने प्रयास

यद्यपि, मार्शल आइल्याण्ड्स सरकारले अहिलेसम्म यस्ता आरोपहरूको अहिलेसम्म  प्रतिक्रिया दिएको छैन । जबकि अमेरिकाका विपक्षी दलहरूले यसबारे धेरै पटक प्रश्न उठाएका छन् ।

अमेरिकी अधिकारीले मिनी स्टेट बनाउने कोसिस गर्ने केरी यामन र जिना झाऊले यो द्वीपीय देशको सार्वभौमसत्तामा चोट पुर्‍याउने काम गरेको बताएका छन् ।

अमेरिकी वकिलहरू (सरकारी अभियोजक) का अनुसार यी दुईका कारण मार्शल आइल्याण्ड्सको संसदमा सन् २०१८ र २०२० मा अर्ध–स्वायत्तता क्षेत्र गठनबारे चर्चा भएको थियो ।

आरोपपत्रमा यस विधेयकको समर्थनमा मतदान गर्ने मार्शल आइल्याण्डका नाम नखुलेका सांसदहरूलाई सात हजारदेखि २२ हजार डलरसम्म घुस दिएको यी व्यक्तिहरू बताउँछन् ।

षड्यन्त्रको कसरी पर्दाफास भयो ?

यद्यपि, मार्शल टापुमा मिनी राज्य बनाउने षड्यन्त्र गर्ने दम्पतीलाई २०२० मा थाइल्याण्डमा हिरासतमा राखिएको थियो । उनीहरुलाई गत हप्ता अमेरिका लगिएको थियो ।

‘यान र झोउले मार्शल टापुहरूको सार्वभौमसत्ता र संसदीय मर्यादाको स्पष्ट उल्लङ्घन गर्दै घुस दिए,’ न्युयोर्कको दक्षिणी जिल्लाका अधिवक्ता डेमियन विलियम्सले भने ।

वकिलका अनुसार यान र झोउले न्युयोर्कमा एनजीओ चलाउँथे । यसमार्फत् यी व्यक्तिहरूले मार्शल आइल्याण्डका अधिकारीसँग सम्पर्क गरे र उनीहरूलाई घुस दिए ।

यो एनजीओ सन् २०१६ मा सुरु भएको थियो । उनीहरूले दुर्गम टापु रोन्जलेपमा अर्ध स्वायत्त क्षेत्र बनाउने प्रयासमा मार्शल टापुका सांसदहरूसँग सम्पर्क गरेका थिए । सन् १९५० मा अमेरिकाले यहाँ हाइड्रोजन बमको परिक्षण गरेको थियो । त्यसबेलादेखि यो टापुलाई यत्तिकै छोडिएको थियो ।

अमेरिकी अधिकारीहरूले यान र झोउले यस टापुको कानुनमा ठूलो परिवर्तन ल्याउन चाहेको बताएका छन् । उदाहरणका लागि, उनीहरु यस टापुका मानिसहरूको कर कटौती गर्न चाहन्थे । यहाँ आउने मानिसमाथि लगाइएको प्रतिबन्धलाई पनि खुकुलो बनाउनुपर्छ भन्ने पनि उनीहरुको चाहना थियो ।

घुसको खेल

यी व्यक्तिहरूले मार्शल आइल्याण्डका ६ जना सांसदहरूसँग खाने र पिउने गरेको आरोप छ । न्युयोर्क र हङकङका होटलहरूमा उनीहरुको बसाइ र विमानको टिकटको व्यवस्था गरिएको थियो । अर्ध स्वायत्त क्षेत्र बनाउने सन्दर्भमा यहाँ सम्मेलन भएको थियो र यी मानिसहरू आफ्नो खर्चमा यहाँ आएका थिए ।

यीमध्ये एक अधिकारीले घुस लिएर यानलाई मार्शल ल्याण्डको विशेष सल्लाहकार बनाएका थिए ।

घुस लिएका सांसदहरुले अर्धस्वायत्त क्षेत्र गठनको समर्थनमा २०१८ मा संसदमा विधेयक पेश गरेका थिए ।

तर, तत्कालीन टापुका राष्ट्रपति हिल्डा हाइन्सले यसको कडा विरोध गरेकाले यो विधेयक पारित हुन सकेन । हिल्डाले त्यस समयमा विपक्षी दलहरूले चीनको तर्फबाट काम गरिरहेको र दुर्गम टापु क्षेत्रमा ‘एक देश भित्र अर्को देश’ स्थापना गर्न चाहेको बताइन् ।

हिल्डाले २०१९ को चुनाव हारेकी थिइन् । नयाँ संसदको गठन पछि, सन् २०२० मा एक प्रस्ताव पारित भयो जसले अर्ध(स्वायत्त क्षेत्रलाई समर्थन गर्यो । यसले यस्तो क्षेत्र गठन गर्न नयाँ विधेयकको लागि मार्ग प्रशस्त गर्यो ।

गिरफ्तारी र प्रश्न

तर गत वर्ष यान र झाउ थाइल्याण्डमा पक्राउ परे । उनीमाथि अमेरिकामा विदेशमा षड्यन्त्र गरेको आरोप लागेको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र घुसखोरीको मुद्दा दायर भएको थियो । गत सोमबार पूर्व राष्ट्रपति हिल्डा हाइन्सले यो विषय उठाइन् र मार्शल आइल्याण्डको सरकारले यो समस्या समाधान गर्नुपर्ने बताइन् ।

उनले मार्शल टापुसम्बन्धी यो समस्या समाधानका लागि नीतिजेला (संसद) र सरकारले के गरिरहेको छ भनेर प्रश्नसमेत गरिन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप