बैंकर्सको निर्णयले सेयर बजारमा पहिरो
बिहीबार, ३० भदौ २०७९, १३ : २३

साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार पकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो । एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको एक लगानीकर्ताले बताए ।
परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर ६ मिनेट जाँदासम्म) नेप्से परिसूचक ४५.७६ अंकले घटेको छ । तर, कारोबार रकम भने ९४ करोड रुपैयाँभन्दा बढीको छ ।
सो अवधिसम्ममा सबै उपसूचक घटेका छन् । ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स २.२८ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्री पंगेनीकी छाेरी बिहानी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध चयन
-
न्यूरोडबाट २ करोड मूल्य बराबरको हिरा र सुनका गहना बरामद, चार जना पक्राउ
-
मल नपाएपछि पश्चिम नवलपरासीका किसान चिन्तामा
-
पतञ्जली प्रकरण : स्वामी रामदेव र आचार्य बालकृष्णलाई अख्तियारले किन चलाएन मुद्दा ?
-
भिजिट भिसा प्रकरणलाई निष्कर्षमा पुर्याइ छाड्छौँ : साेविता गाैतम
-
चार अर्ब स्वाहा : पूर्व–पश्चिम रेलमार्ग किन तुहियो ?