‘के घर के डेरा’ को टिजरमा दुई परिवारको संघर्षका कथा
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ ।
एकातिर श्रीमती सुरक्षा पन्तको दबाबमा काठमाडौं घर किन्न दयाहाङ राई बैंक बैंकमा ऋणका लागि भौतारिरहेका छन् । धनाढ्य देखिने गरी चिटिक्क परेर बैंक धाउँदा पनि उनीहरुले ऋण पाएका छैनन् । अर्काेतिर काठमाडौंमा घर भएर पनि विपिन कार्की श्रीमती वर्षा राउतसँग लुकाइरहेका छन् ।
महेश दवाडीको पटकथा, संवाद रहेको फिल्ममा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको अभिनय छ । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा देखाउनेछ ।
काठमाडौं भित्रै छायाङ्कन भएको फिल्ममा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायाङ्कन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मका निर्माता निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सस्तो हुने भएकाले बेलुनमा भरिएको थियो हाइड्रोजन ग्यास
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री
-
कच्चा पदार्थको भन्सार छुट गर्न जुत्ता चप्पल व्यवसायीको सरकारसँग माग
-
अबको चुनावमा एमाले पहिलो दल बन्ने मन्त्री दाहालको दाबी
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएको मुख्यमन्त्रीको दाबी
-
यो वर्षको पोखरा म्याराथन पनि केन्याली धावककै कब्जामा