प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय गीत गुन्जाउँदै सुमित
काठमाडौं बासीले गायक सुमित खड्काका राष्ट्रिय गीत संगीतमसँगै रमाउन पाउने भएका छन् । शुक्रबार आयोजना हुने खड्काको एकल गायन ‘सुमित खड्का देशको आवाज ३’ नामक कार्यक्रममा सो अवसर मिल्ने भएको हो ।स्पार्क एडभरटाइजिङ प्रालीको आयोजना रहेको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने कार्यक्रममा खड्काले देशभक्तिपूर्ण राष्ट्रिय भावनाले ओतप्रोत आफ्ना १८ बढी गीतहरू प्रस्तुत गर्नेछन् ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली लगायत अतिथिको रुपमा सहभागी रहने कार्यक्रमको नारा ‘विश्व शान्तिका निम्ति संगीत’ भन्ने रहेको छ । करिब एकसय भन्दा बढी राष्ट्रमा आफ्नो कार्यक्रम प्रस्तुत गरिसकेका खड्काले कार्यक्रममा हामी पहिले नेपाली, राजनीति भनेको, म हुँ एउटा देश, हिमाल हेरेर, आयो गोर्खाली, वीरको छोरो नेपाली लगायत गीत गाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण