लिपुलेक क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु

person explore access_timeभदौ ३०, २०७९ chat_bubble_outline0

नेपाल टेलिकमले दार्चुलाको विकट क्षेत्र छाङरुमा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले बुधबार दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको हो ।


त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर फोरजी सेवा सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।



फोरजी सेवाका लागि टेलिकमले दार्चुलाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्ममा इक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको प्रवक्ता अधिकारीले बताए । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । यो परियोजना चाइना कम सर्भिस इन्टरनेश्नल (सीसीएसआई) ले निर्माण गरेको हो । यो नेटवर्क निर्माण गर्नका लागि हेलिकप्टरमार्फत ३१ सय ६६ मिटरमा मेसिनरी ढुवानी गरिएको थियो ।



अब छाङरुमा रहेका करिव १२० घरधुरी र ७ सय  जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या  लाभान्वित हुन टेलिकमले जनाएको छ । योसँगै छाङरुको नजिकका क्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको छ । नेपाल टेलिकमले सञ्चालन ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिने छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।