शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : मन्त्री पौडेल

बिहीबार, ३० भदौ २०७९, २१ : ३५
बिहीबार, ३० भदौ २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।  

‘विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेर पहिला दर्ता गरिहाल्ने तयारीमा छौं,’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको १३ औं साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले भने, ‘संघीय शिक्षा ऐनको विधेयक अर्थ र कानून मन्त्रालयबाट अनुमोदन भइसकेको छ । अब विधेयक दर्ता गर्ने अन्तिम चरणमा पुगेको छ ।’

‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दा’ विषयक छलफल समेत राखिएको सो समारोहमा शिक्षाकर्मीहरुले संघीय शिक्षा ऐन किन नआएको भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पौडेलले शिक्षासम्बन्धी ६ वटा ऐनलाई अघि बढाइएको र संघीय शिक्षा ऐन पनि अब अघि बढ्ने बताए । उनले प्रतिनिधिसभाको अवधि पनि अन्तिम अवस्थामा पुगेकाले संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रियसभामा दर्ता गर्न लागिएको जनाए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप