शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टुकुचा खोलामा पौडी खेलेको स्मरण गर्दै कमल थापाले गरे बालेन र सुनिताको प्रशंसा

शुक्रबार, ३१ भदौ २०७९, ०९ : ४६
शुक्रबार, ३१ भदौ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर  र उपमेयलाई धन्यवाद दिएका छन् । 

सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गर्दै उनले मेयर बालेन शाह र उपमेय सुनिता डंगोललाई धन्यवाद दिएका हुन् । 

अध्यक्ष थापाले शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्, ‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप