शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चार रङका हुन्छन् रगत, मानिस र जनावरबीच रगतको अन्तर कस्तो हुन्छ ?

शुक्रबार, ३१ भदौ २०७९, १५ : ०६
शुक्रबार, ३१ भदौ २०७९

रगत रातो मात्रै हुँदैनन् । अथवा भनौँ, रगत रातै हुनुपर्छ भन्ने छैन । रगतका अन्य रङ हुनसक्छन् जस्तै निलो रगत, हरियो रगत, बैजनी रङको रगत । हरेक रङको रगतले भिन्न भिन्न काम गर्ने गर्छ । यी रगत भिन्न भिन्न जीवको शरीरमा सञ्चारित हुन्छन् । मानिसको शरीरमा जुन रङको रगत बग्छ, त्यो अक्टोपसको शरीरमा पनि त्यस्तै हुन्छ भन्ने छैन । सबैभन्दा पहिला रगतको केमेस्ट्रीबारे बुझ्न आवश्यक छ ।

रातो रगत कुन जीवमा पाइन्छ ?

रातो रगत मानिसबाहेक धेरैजसो भर्टिब्रेट्स जीव (मेरुदण्ड वा स्पाइनल कोलम भएका जीव) मा पाइन्छ । यो रगतको रासायनिक मिश्रणलाई हेमोग्लोबिन भनिन्छ । हेमोग्लोबिन एक प्रकारको प्रोटिन हो जुन रगतमा बग्छ । यसको सबयुनिट हेम हो । हेममा अत्यधिक मात्रामा आइरन पाइन्छ । आइरनका कारण बन्ने रासायनिक आकृतिले नै यसलाई रातो रङ प्रदान गर्छ । त्यो पनि त्यतिबेला जब यो अक्सिजनसँग मिल्छ । डिअक्सिजेनेटेड रगतको रङ गाढा रातो हुन्छ । निलो होइन ।

निलो रगत भएका जीव र यसको केमेस्ट्री

निलो रगत साधारणतया समुद्री जीवनमा पाइन्छ । जस्तै, अक्टोपस, स्क्विड, मोलस्क, क्रस्टेशियन । माकुराको पनि निलो रगत हुन्छ । रगत निलो हुनुको कारण हो हेमोसाइनिन । हेमोग्लोबिन रगतको रेड ब्लड सेल्ससँग टाँस्सिएर बस्छ तर हेमोसाइनिन रगतमा खुल्ला भएर बग्छ । हेमोसाइनिनमा आइरनको साटो कपर अर्थात् तामा हुन्छ । वास्तवमा यो रगत बिना अर्कै रङको हुन्छ । तर जब यसमा अक्सिजन मिल्छ तब यो तामाको प्रभावबाट निलो रङको हुने गर्छ ।

हरियो रङ

हरियो रङ यस्ता जीवको शरीरमा सञ्चारित हुन्छ जुन असाध्यै साना हुन्छन् जस्तै खण्डित शरीर भएका किरा–फट्याङ्ग्रा, गँड्यौला, केही प्रजातिका जुकामा पाइन्छ । यस्ता जीवमा रगतमा क्लोरोक्रुओरिन भन्ने तत्व पाइन्छ । रासायनिक रुपमा यो हेमोग्लोबिनसँग मिल्दोजुल्दो हुन्छ । केही जीवका प्रजातिमा हेमोग्लोबिन र क्लोरोक्रुओरिन दुबै पाइन्छ । जबसम्म अक्सिजन मिल्दैन यो हल्का हरियो रङको देखिन्छ । अक्सिजनमा मिल्ने बित्तिकै यसको रङ गाढा हरियो हुन्छ । यदि अलि बढी नै अक्सिजन मिसियो नभने यो हल्का रातो रङको हुने गर्छ ।

बैजनी रङ

बैजनी रङ समुद्री गँड्यौलामा पाइन्छ । जस्तै, पिनट वर्म, पेनिस वर्म र ब्राचियोपोड्स । यसको रगतमा हेमिइरीथ्रिन पाइन्छ । हेमोग्लोबिनको तुलनामा हेमिइरिथ्रिनले एक चौथाई मात्रै अक्सिजन प्रवाह गर्नसक्छ । जबसम्म अक्सिजन पाइँदैन तबसम्म हेमिइरिथ्रिन रंगहीन हुन्छ । अक्सिजन पाउने बित्तिकै यो बैजनी–गुलाबी रङको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप