शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४३ वर्षभित्र ५३ महिलासँग विवाह

शुक्रबार, ३१ भदौ २०७९, १५ : ५५
शुक्रबार, ३१ भदौ २०७९

एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थिए । उनकी श्रीमती उनीभन्दा ६ वर्ष जेठी थिइन् । अब्दुल्ला निकै खुसी थिए । यो सिलसिला चलिरहेकै थियो तर अचानक समस्या सुरु हुन थाल्यो । त्यसैले उनले पुनः विवाह गर्ने सोच बनाए । २३ वर्षको उमेरमा उनले श्रीमतीलाई आफूले दोस्रो विवाह गर्न चाहेको जानकारी दिए । दुई श्रीमतीबीच झगडा हुन थालेपछि उनले पुनः तेस्रो विवाह गरे, यहि समस्या भयो, चौथो विवाह पनि गरे । यद्यपि, स्थिति सुध्रिनुको साटो थप बिग्रँदै गयो । त्यसैले उनले आफ्ना पहिलो र दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरे । तेस्रो र चौथो श्रीमतीलाई पनि त्यस्तै गरे, किनभने यिनीहरु बीच पनि झगडा हुन थालिसकेको थियो । तर स्थायित्वप्रति उनको भोकले भने निरन्तरता पाइरह्यो ।

६५ वर्षका उनले अरेबिक सब्कसँगको कुराकानीमा आफूले हालसम्म ५३ जना महिलासँग विवाह गरिसकेको जानकारी दिए । सबैभन्दा छोटो विवाह उनको एक रात मात्रै टिक्न सकेको थियो । उनले यसबारे स्पष्टिकरण दिँदै भने, ‘मैले गरेको कुनै पनि विवाह ठट्टा थिएनन् । सबैजनासँग परम्परागत विवाह नै गरेँ । मलाई खुसी बनाउने व्यक्तिको खोजीमा त्यस्तो गरेको थिएँ तर मेरा विवाह सबै टुट्दै गए ।’

‘खुसी दिने’ व्यक्ति पाउनुभयो त ? भनेर सोधिएको प्रश्नमा उनले सटिक जवाफ भने दिएनन् । तर अबु अब्दुल्लाले आफू एकजनासँग वैवाहिक सम्बन्धमा रहेको र पुनः विवाह गर्ने योजनामा नरहेको स्पष्ट पारे । उनका धेरैजसो श्रीमती साउदीकै थिए । आफू विदेश भ्रमणमा जाँदा एकजना विदेशीसँग पनि उनले विवाह नगरेका होइनन् तर त्यो केही महिना मात्रै टिक्न सक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप