शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टुकुचा उत्खननपछि यस्तो बन्नेछ हात्तीसार र बागबजार क्षेत्र

शुक्रबार, ३१ भदौ २०७९, १७ : ५८
शुक्रबार, ३१ भदौ २०७९

काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा टुकुचा खोला उत्खनन् सुरु गरेसँगै त्यसक्षेत्रमा भविष्यमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ । रातोपाटीलाई प्राप्त गुरुयोजनामा हात्तीसारक्षेत्रमा भूमिगत रहेको टुकुचाको उत्खनन् सकिएपछि त्यसक्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी भएको हो । 

टुकुचा खोलाको करिडोरको गुरुयोजना अन्तरगत सेग्मेण्ट चारमा रहेको जय नेपाल हलदेखि तीनधारा मार्गसम्म टुकुचा खोला उत्खनन् गरी त्यसक्षेत्रमा चार मिटर खोला र दायाँ बायाँ चार चार मिटरको रुख बिरुवासहितको साइकल लेन र फुटपाथ बनाउने तयारी भएको छ । 

हात्तीसार क्षेत्रमा हालको सडकबाट करिब २० मिटर पश्चिम टुकुचा खोला रहेको कारण ती क्षेत्रमा अगाडि र पछाडि दुवैतर्फ घरहरु रहेको कारण ती क्षेत्रको गुरुयोजनामा दायाँ बायाँ ठूला ठूला घर र सडकको दुवैतर्फ फुटपाथ र साइकल लेन बनाउने योजना रहेको पाइएको छ । 
हात्तीसारमा टुकुचा खुला गरेपछि डुबानको समस्या समाधान हुने
महानगरपालिकाका एक विज्ञ सल्लाहकारले हात्तीसार क्षेत्रमा टुकुचा खोला खुला गरेपछि नारायणहिटी दरवार र गैरीधाराक्षेत्रमा डुबानको समस्या समाधान हुने बताए । हात्तीसारक्षेत्रमा खोलाको चौडाई पनि सानो भएको र ओभरफ्लो भएर जाने स्थान पनि नभएको कारण ती क्षेत्रबाट पानी फर्किएर नारायणहिटी दरवार र गैरीधारा, नक्सालक्षेत्रमै फर्किने गरेको छ । जसका कारण ती क्षेत्रमा बारम्बार डुबान हुने गरेको ती सल्लाहकारले बताए । 
अब टुकुचा खोला खुला भएपछि ती क्षेत्रमा हुने गरेको डुबानको समस्या पनि समाधान हुने ती विज्ञले बताए ।  

बागबजारको तरकारी बजारमा पार्किङस्थल बनाउने योजना
काठमाडौं महानगरले बनाएको गुरुयोजना अनुसार बागबजार क्षेत्रमा रहेको तरकारी बजारमा व्यवस्थित तरकारी बजार बनाउने वा पार्किङस्थल बनाउने योजना अगाडि सारिएको छ । बागबजार क्षेत्रमा रहेका घरहरु र तरकारी बजारले समेत टुकुचा खोलाको अतिक्रमण गरेको पाइएको भन्दै ती क्षेत्रहरुमा पनि व्यवस्थापन गर्ने योजना अगाडि सारेको छ ।

 बागबजारमा रहेको तरकारी बजारलाई व्यवस्थित तरकारी बजार बनाउने वा दायाँ बायाँ साइकल लेनसहितको फुटपाथ बनाएर व्यवस्थित पार्किङस्थलसमेत बनाउन सकिने योजना बनाइएको छ । 

हालको तरकारी बजार

गुरुयोजनाको पार्किङस्थल र तरकारी बजार
 

काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको करिडोर निर्माणका लागि ५ अर्ब १६ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरेको छ । महानगरपालिकाले आगामी ५ वर्षभित्र सबै काम सक्ने गरी ५ अर्ब १६ करोड ५१ लाख, ११ हजार ४४९ रुपैयाँमा टुकुचा खोला करिडोर खुला गरी फुटपाथ र साइकल लेन बनाउने योजना अगाडि सारेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप