शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्वलाई लक्षित गर्दै ४१ जिल्लामा सुपथ पसल सञ्चालन (तस्बिरहरु)

शनिबार, ०१ असोज २०७९, १३ : ०७
शनिबार, ०१ असोज २०७९

दसैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालनमा आएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । 

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सुपथ मूल्य पसरको उद्घाटन गरे ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुपथ पसल सञ्चालन गर्नेछन् । 

काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान वितरण गरिनेछ ।

 

खाद्य कम्पनीका अनुसार चामल, दाल, आटा, पिठो, पैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ । यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप