शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कलाकारले पाउनु पर्ने जति सम्मान नपाएझैँ लाग्छ : धिरज/अदिति

शनिबार, ०१ असोज २०७९, १७ : ०४
शनिबार, ०१ असोज २०७९

नेपाली चलचित्र बाबरी प्रदर्शनको तयारीमा छ। चलचित्र आउँदो असोज १४ गतेबाट प्रदर्शनको तयारीमा छ । त्रिकोणात्मक प्रेम कथामा तयार चलचित्रमा अभिनेता धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरलगायतको अभिनय रहेको छ । 

दसैँको संघारमा प्रदर्शनको तयारीमा रहेको चलचित्रले दर्शकको मन जित्ने र सफल हुनेमा चलचित्रका कलाकार ढुक्क छन् । अझ दसैँको समयमा फुर्सदिला दर्शकलाई मनोरञ्जनको फूल डोज बाबरीले प्रदान गर्ने चलचित्रकी मुख्य अभिनेत्री बुढाथोकी बताउँछिन् । ‘यो त्रिकोणात्मक प्रेम मात्र नभएर चलचित्रमा कमेडीका थुप्रै दृश्य छन् । क्यारेक्टरमा पनि विविधता छ। त्यसैले पनि अडियन्सको मन जित्छ जस्तो लाग्छ।’

यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रकी पुरानो अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज नाडकरले पनि डेब्यु गर्दै छन् । चलचित्र प्रदर्शनको व्यग्र प्रतीक्षामा रहेका नाडकर करियरमा देखेको सपनाको मुख्य बाटोमा आएको र अबको यात्रा चलचित्र बाबरीले नै तय गर्ने बताउँछन् । 

नव–अभिनेता नाडकर भन्छन्, ‘मेरी आमाको सम्मानका लागि पहिलो फिल्म गरेको छु। भाग्यले यो नेपाली चलचित्र नै परेको छ । जीवनमा जे जस्तो समय आइपर्छ सामना गर्दै जाने छु । चलचित्र बाबरीले पनि भविष्य तय गर्ने नै छ । मेरो अभिनयको यात्रा यहीँ बाट प्रारम्भ भएको छ, र निरन्तर अघि बढिरहने छ।’

यता इन्टु मिन्टु लण्डनबाट फिचर फिल्ममा डेब्यु गरेका धिरज मगर पनि चलचित्र बाबरीले दर्शकको मन जित्नेमा ढुक्क छन् । भन्छन्, ‘दसैं र बाबरी एकसाथ आएको छ । दर्शकलै पक्कै पनि इन्जोए गर्नु हुने छ ।’ 

युकेमा हुर्किउका धिरज मगर युट्युब कन्टेन्ट क्रिएटरहुँदै चलचित्र क्षेत्रमा आइपुगका हुन् भने, अदिति बुढाथोकी नेपालबाट भारतसम्म पुगेर कलाकारितामा रमाउँदै आएकी छन् । उनीहरू नेपालको कलाकारीता क्षेत्र, चलचित्र बजार पछिल्लो समय ‘ग्रोइङ स्टेज’मा रहेपनि कलाकारको सम्मानमा भने केहि कमी आएको होकि भन्ने अनुमान लगाउँछन् । युकेको चलचित्र बजार होस वा भारतीय चलचित्र बजार दुवैलाई तुलना गर्दा नेपालमा कलाकारको मिहनतलाई कम आँक्ने गरेको अनुभव उनीहरूमा छ । तथापि, यो समयक्रम अनुसार सुध्रदै जानेमा पनि उनीहरू विश्वस्त छन् । 

चलचित्र बाबरीका मुख्य तीन कलाकार धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरसँग रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’का लागि गरिएको विशेष कुराकानी :

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप