लौरो अभियान : गण्डकी प्रदेशमा १० जनाको स्वतन्त्र उम्मेदवारी घोषणा
![लौरो अभियान : गण्डकी प्रदेशमा १० जनाको स्वतन्त्र उम्मेदवारी घोषणा](https://rpcdn.ratopati.com/media/albums/Lauro_abhuyan_pokhara_sf__SSvqdxENju.jpg)
लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङ बाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरूले अबको नेतृत्व पुरानो नेतृत्वको विकल्पमा आफूहरू रहेको बताएका छन् ।
यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारले लियो कामकाजी भाषासम्बन्धी विधेयक फिर्ता
-
भारतीय सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु
-
परिवर्तनको हल्ला अस्थिरता मच्चाउने तत्त्वहरुले चलाए : प्रधानमन्त्री
-
काभ्रेको महाभारतमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी हालिँदै
-
भारतमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावलीसहित)
-
यस्तो छ फिल्म ‘तान्डवम्’को टिजर