बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शनि ग्रहले गरेको थियो आफ्नो चन्द्रमाको ‘हत्या’

आइतबार, ०२ असोज २०७९, १२ : ०९
आइतबार, ०२ असोज २०७९

शनि ग्रहले यस्तै १० करोड वर्ष अघि आफ्नो एउटा आइसी मूनको हत्या गरिदिएको थियो । त्यसताका पृथ्वीमा डाइनासोर घुम्ने गर्दथे । यो हत्या गरिनुको कारण पनि निकै रोचक छ । यसको वरिपरि एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ । यही चक्का बनाउनका लागि यसले आफ्नो चन्द्रमाको हत्या गरिदिएको कुरा १५ सेप्टेम्बर २०२२ मा साइन्स जर्नलमा एक शोध रिपोर्ट प्रकाशित गरेको छ ।

यसमा बताइए अनुसार करिब १० करोड वर्ष अघि शनि ग्रहले आफ्नो गुरुत्वाकर्षक शक्तिले एउटा आइसी मूनलाई बलपूर्वक आफूतर्फ तान्यो । शनिसँग ठोक्किएर चन्द्रमा टुक्राटुक्रा भयो । ठोक्किएपछि यो शनिको चारैतिर अन्तरिक्षमा फैलियो र सुन्दर चक्कामा परिवर्तन भयो ।

नयाँ अनुसन्धानमा टाइटनको बाहिरतर्फ सर्ने बानी, शनि ग्रह र नेपच्युनको कक्षमा परिक्रमाको कारण पैदा हुने तरंगका कारण यो चक्का बनेको बताइएको छ । दशकौँ अघि शनि ग्रहको चक्काको विषयमा बहस पनि भएको थियो । केही वैज्ञानिकले यो चक्का ग्रहको उत्पत्तिसँगै बनेको बताएका थिए ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) को स्कट ट्रेमेन र काल्टेकका पिटर गोल्डरिचले सन् १९८० को सुरुवातमा शनि ग्रहको तुलनामा उसको चक्का १० करोड वर्ष युवा भएको जानकारी दिएका छन् । थुप्रै पटक यी चक्काका बरफ र पत्थर आपसमा ठोक्किने गर्छन् । शनि ग्रहसँग ठोक्किन्छन् ।

सन् २०१७ मा नासाको क्यासिनी (क्यासिनी मिसन) ले शनि ग्रहसँग ठोक्किनुअघि थुप्रै आवश्यक जानकारी पठाएको छ । अन्तरिक्षयानको कस्मिक डस्ट एनालाइजरले शनि ग्रहबाट उड्ने धुलो चक्कामा कसरी आउँछ भन्ने जानकारी दिएको थियो । यसले चक्कामा लगातार घनत्व बढिरहेको छ । तर चक्काको एक प्रतिशत हिस्सा मात्रै धुलोले बनेको छ । अर्थात् चक्का १० करोड वर्ष पुरानो हो ।

एमआईटीका ज्याक विस्डमको नयाँ अनुसन्धानका अनुसार यसको पछाडि यसको भौतिक संयन्त्र समावेश छ– जस्तै शनि आफ्नै कक्षमा घुम्छ, यो ग्रह हल्का टेढो छ । यसको सबैभन्दा ठूलो चन्द्रमा टाइटन ग्रहतर्फ नजिकिनु र टाढा जानु । शनि ग्रह सौर्य मण्डलको प्लेनमा २६.७ डिग्री कोणमा घुमेको छ । यसैकारण शनि ग्रहले आफ्नो चन्द्रमालाई तानेर नष्ट गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ र त्यसबाट उड्ने धुलो र पत्थर, बरफ सबै मिलेर चक्का बने ।

ज्याक विस्डमका अनुसार शनि ग्रह र नेपच्युनबीच भइरहेको अर्बिटल रेसोनेन्सका कारण असाध्यै धेरै असन्तुलन छ । यसैकारण त्यहाँ भएका कुनै चन्द्रमा वा उपग्रहले आफ्नो स्थिति छोडेको हुनुपर्छ अथवा गुरुत्वाकर्षणमा भइरहेको परिवर्तनका कारण नष्ट भएको हुनसक्छ । यो चन्द्रमाको नाम वैज्ञानिकले क्राइसेलिस राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप