बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इस्लिङ्टन कलेजद्वारा छात्रवृत्ति समारोह सम्पन्न

आइतबार, ०२ असोज २०७९, १५ : १२
आइतबार, ०२ असोज २०७९

इस्लिङ्टन कलेजले एएए स्कलरशिप अवार्ड सेरेमोनी २०२२ (एएए छात्रवृत्ति समारोह २०२२) सम्पन्न गरेको छ । सो अवसरमा शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको कलेजले जनाएको छ ।

प्राज्ञिकता/शिक्षा, उपस्थिति/हाजिरी र आचरणलाई एकै सूत्रमा बाँध्ने एएए स्कलरशिपको उद्देश्य शैक्षिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति पुरस्कारका मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्न प्रोत्साहित गर्नु भएको कलेजले जनाएको छ ।

छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा कुल २७८ जना आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । जसबाट २ करोड रुपैयाँ बराबरको विशेष पुरस्कारका लागि प्राज्ञिक सदस्यहरूद्वारा योग्यताका आधारमा ६४ विद्यार्थीहरूको छनोट भएको कलेजले जनाएको छ।

उनीहरुलाई कलेजका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कृत गरे। यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै हाम्रा विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको कलेजले जनाएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप