शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा नयाँ पेप्सीको सुरुवात

आइतबार, ०२ असोज २०७९, १५ : ५२
आइतबार, ०२ असोज २०७९

पेप्सीले नेपालका उपभोक्ताहरूका लागि ‘मोर फिज’ भनिएको नयाँ पेप्सी प्रस्तुत गरेको छ । नयाँ परिमार्जित पेप्सीमा बढी फिज आउने र जसका कारण यसभन्दा पहिले नपाइएको स्फुर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्ताहरूलाई यो पेय पदार्थ अपरिहार्य बन्न जाने कम्पनीको विश्वास छ ।

 यो पेप्सीको अनावरण काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो । नेपालमा आउँदा दिनहरूमा गरिने ‘मोर फिज, मोर स्वाग’ अभियानले सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ । 

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्रान्डले नेपालका उपभोक्ताहरूको लागि यसभन्दा अघि कहिल्यै नभएको फिजयुक्त स्वाद प्रदान गरिरहेको छ ।  बजार अध्ययनले देखाए अनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ, र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ ।

हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई मोर फिजका साथ अनावरण गरेका छौँ र हामीलाई विश्वास छ हाम्रा उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिनु हुनेछ । 
कार्यक्रममा भिबिएल इन्टरनेशनल अपरेसन्सका सीईओ गिरीश शिवरमणले उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप