अछाममा बाढी, हिरोमा परी मृत्यु भएकाको सामूहिक दाहसंस्कार

बाढी र पहिरोमा परी ज्यान जाने २३ जनाको आइतबार सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।
शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो । परिवार पुरै सखाप हुनेगरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एकर एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
कमलबजार ६ विरपथकी २० वर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर छोरा गर्भमा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ । भौतिक क्षतिसमेत ठुलो नै भएको त्यसको विवरण सङ्कलन कार्य जारी रहेको डिएसपी डाँगीको भनाइ छ । स्थानीय तहले जथाभाबी सडक निर्माण गर्ने गरेका कारण अछाम नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरो गएका सबै ठाउँमा सडकको कारण प्रमुख रहेको पाइएको छ । गत साउन ८ गते राती तुर्माखाँद २ भुलुमा पहिरो गई तीन जनाको मृत्युको कारण पनि घरमाथिको सडक रहेको जनाइएको छ ।
अध्ययन बिना नै डोजरले बाटो खन्ने क्रम बढ्दो छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन समेत थालेका छन् । सडक अवरुद्ध भएका कारण घटना स्थलसम्म जान समेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुङ्गानाले बताए । पहिरोमा परी घाइते ११ जनामध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी