मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतबार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेल अस्पतालले विपन्न बिरामीलाई लक्षित गर्दै पथरीशनिश्चरे वडा नं.२, ३ र बेलबारी वडा नं.४ मा शिविर सञ्चालन गराएको हो ।
तीनवटा शिविरबाट एकैदिन ९ सय १० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । पथरीशनिश्चरे वडा नं.३ मा सञ्चालित शिविरमा ३४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै पथरीशनिश्चरे–२ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचारका लागि १५१ जना बिरामी आएका थिए । यता, नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्राडा.रामहरि घिमिरे र स्त्रीरोग विशेषज्ञ प्राडा.सीता घिमिरे नेतृत्वको टोलीले बेलबारी–४ मा आयोजित शिविरमा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
उपचारका लागि ४१७ जना बिरामी आएको सो शिविरमा १०४ जनाको इसीजी, ११३ जनाको ल्याब टेष्ट, १०१ जनाको भिडियो एक्सरे गर्नुका साथै १९ जनाको दाँत उखेलिएको छ । त्यहाँ उपचार हुन नसकेका ३५ जनालाई अस्पताल रेफर गरिएको छ । तीन वटै शिविरबाट थप उपचारका लागि १०९ जना बिरामी अस्पताल रेफर भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै