हरिप्रसाद कल्याणी रिमाल सम्मान तथा पुरस्कार प्रदान
रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनको सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
स्व. हरिप्रसादको पूण्यतिथी पारेर जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजित कार्यक्रममा २०७७ र ०७८ साल गरी दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा २०७७ को हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नुपूर भट्टचार्य, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट रंगकर्मी सुनील पोखरेल र हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चारसेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँ सम्मानित भएका छन्।
त्यस्तै २०७८ को हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सञ्चारकर्मी धन लामा, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट नाट्यकर्मी महेन्द्र मलेगिया, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट नाट्यकर्मी तथा निर्देशक प्रभाकर शर्मा, हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चारसेवाबाट नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी सम्मानित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि जनगायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुपलपति नारायण भक्त श्रेष्ठ (रायन), संस्थाकी संरक्षीका कल्याणी रिमाल, कार्यक्रमका सभापति तथा साहित्यकार वासुदेव त्रिपाठीलगायतले कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए। हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा र हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारको राशि ३१ हजार एक सय एघार रुपियाँ“ तथा हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मान र हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चार सेवा सम्मानको राशि २१ हजार एक सय एघार रुपियाँ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण