शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'नेपाली पात्रो’ मा समाचारको नयाँ सुविधा

सोमबार, ०३ असोज २०७९, १० : ३९
सोमबार, ०३ असोज २०७९

'नेपाली पात्रो’ ले समाचारको नयाँ सुविधा सहितको एन्ड्रोइड र आईओएसमा सार्वजनिक गरेको छ। नेपाली पात्रोले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्युज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ ।

प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको छ । यस नयाँ भर्सन अगाडी समेत रहेको आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित, अझै सजिलो व्यवस्थापन गर्न सकिने सुविधा थपेको छ । प्रयोगकर्ताले लगइन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका सञ्चार गृह र आफ्नो रुचि मात्रका सामाग्रीहरू प्राप्त गर्न सक्नेछन् ।

 नयाँ अपडेटबारे ‘नेपाली पात्रो’का सिइओ सन्तोष देवकोटा भन्छन्, “‘नेपाली पात्रो’ समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरूलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउनुहुनेछ। राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरू केवल एक क्लिकमा प्राप्त गर्न त सकिन्छ नै समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नवीन प्रयोग गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप