शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल भारत नेपाली एकता मञ्च र प्रगतिशील नेपाली समाजबीच एकता

सोमबार, ०३ असोज २०७९, १६ : १९
सोमबार, ०३ असोज २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता  मञ्च र डाक्टर बाबुराम भट्टराई निकट सङ्गठन प्रगतिशील नेपाली समाज समिति (भारत) बीच एकता भएको छ । एकतापछि सङ्गठनको नाम अखिल भारत नेपाली एकता मञ्च नै रहने बताइएको छ । 

एकताबारे जानकारी दिन जारी विज्ञप्तिमा समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रकृयामा व्यवस्थितरुपमा अघि बढ्न एकताले सम्भव हुने उल्लेख गरिएको छ । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेको छन् । दुई दुई पटक असंवैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिका विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गरेको  छ’, विज्ञप्तिमा भनिएको छ । 

एकताबारेको विज्ञप्तिमा प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय  अध्यक्ष प्रकाश नेपाली र अखिल भारत नेपाली एकता मञ्चका तर्फबाट अध्यक्ष राजेन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप