शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक

सोमबार, ०३ असोज २०७९, २० : १९
सोमबार, ०३ असोज २०७९

दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् । यस्तैमा गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । 

सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँ – घर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ ।
मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । पन्तले यसअघि गत वर्षको दशैंमा ‘ह्याप्पी दशैं’ बोलको गीत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप