दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक
सोमबार, ०३ असोज २०७९, २० : १९
दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् । यस्तैमा गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् ।
सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँ – घर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ ।
मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । पन्तले यसअघि गत वर्षको दशैंमा ‘ह्याप्पी दशैं’ बोलको गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण