शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरिक्षमा ४३७ दिन बिताउने कीर्तिमानी रुसी अन्तरिक्ष यात्रीको निधन

मङ्गलबार, ०४ असोज २०७९, ०९ : ४२
मङ्गलबार, ०४ असोज २०७९


अन्तरिक्षमा कीर्तिमानी समय बसेका रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ ।​ भलेरी पोल्याकोभले सन् १९९४–१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेशनमा बिताएका थिए ।

त्यहाँ उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् त भनेर प्रयोग गरिरहेका थिए। परीक्षणमा पत्ता लागे अनुसार १४ महिनाको उनको यो अभियानका बेला उनका कार्यशैलीमा कुनै पनि परिवर्तन देखिएन ।

रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको मृत्यु भएको घोषणा गरेको छ । यस अवधिमा उनको मानार्थ उपाधिहरू – हिरो अफ सोभियत र पाइलट कस्मोनट अफ द युएसएसआर प्रयोग गरिएको छ ।

पोल्याकोव को मृत्युको कारण अझै थाहा छैन ।

अन्तरिक्ष एजेन्सी रोजकोसमोसले टेलिग्राममा एउटा पोस्टमा लेखेको छ – पोल्याकोभको अनुसन्धानले मानव शरीर टाढा अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम छ भनेर बुझिएको छ ।

हालसम्म यथावत छ रेकर्ड

पोल्याकोवको जन्म सन् १९४२ मा मस्कोको तुला शहरमा भएको थियो । उनी पहिला एक फिजिसियन थिए र त्यसपछि अन्तरिक्ष यात्री बने ।

उनको पहिलो मिशन अगस्त १९८८ मा सुरु भएको थियो, जसमा उनले आठ महिना अन्तरिक्षमा बिताएका थिए ।

यसपछि उनले ६ वर्षपछि गरेको यात्रा सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने कीर्तिमान हो, जुन अहिलेसम्म कायमै छ ।

पोल्याकोभले ८ जनवरी १९९४ देखि २२ मार्च १९५५ सम्म मीर स्पेस स्टेशनमा काम गरे । यस क्रममा उनले ७ हजारभन्दा बढी पटक पृथ्वीको परिक्रमा गरेका थिए ।

पछि उनले मंगल ग्रहमा बिताएको समय आफूले त्यहाँ जान र आउनको यात्रा बराबर भएको बताए ।

मिर स्पेस स्टेशन सन् १९८६ मा कक्षमा पठाइएको थियो । पहिले सोभियत संघको नियन्त्रणमा थियो र त्यपछि रुसको नियन्त्रणमा आयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप