शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिएका अनुपको भाग्य चम्कियो, २५ करोड जिते

मङ्गलबार, ०४ असोज २०७९, १२ : ०५
मङ्गलबार, ०४ असोज २०७९

दुई वर्षका छोराको खुत्रुक्के फुटाएर भारतको केरल राज्यस्थित श्रीवराहम निवासी अनुप बी जब पैसा लिँदै थिए, पत्नीले उनलाई निकै गाली गरेकी थिइन् । तर पत्नीको गालीलाई बेवास्ता गर्दै उनले जब चिट्ठा किने, त्यसले उनको भाग्य चम्कियो । उनले सोही चिट्ठाबाट २५ करोड भारु जितेका छन् ।

२९ वर्षीय अनुपका अनुसार उनले ५०० रुपैयाँको चिट्ठा किनेका थिए । उक्त चिट्ठा किन्न उनलाई ५० रुपैयाँ नपुगेपछि छोराको खुत्रुक्के फुटाएर पैसा निकाल्नु परेको थियो ।

उनले बीबीसी हिन्दीसँग भने, ‘भोलिपल्टै चिट्ठाको नतिजा आउँदै थियो, मसँग ५० रुपैयाँ अपुग थियो, खुत्रुक्के फुटाउनुबाहेक अर्को विकल्प पनि थिएन ।’

तर, उनको यो कदमले परिवारकै लागि भाग्यको ढोका खोलेको छ । अटो रिक्सा चलाएर जीविकोपार्जन गर्दैै आएका उनले आफू अहिले ऋणमा रहेको पनि सुनाए । उनले उक्त रकमबाट सबैभन्दा पहिला ऋण तिर्ने बताए । ५/६ लाख रुपैयाँ ऋण तिर्नुपर्ने उनको भनाइ छ ।

उनले चिट्ठामा २५ करोड रुपैयाँ जितेपछि कर कट्टी लगायतका प्रक्रिया पूरा गरेर १५ करोड ७५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ऋण तिरेर बाँकी रहेको पैसाले घर बनाउने, होटल खोल्ने र केही सामाजिक काम गर्ने उनको योजना छ ।

यो पनि संयोग नै हो कि अघिल्लो वर्ष ओणम बम्पर लटरीको टिकट एक रिक्सा चालकलाई नै परेको थियो र अनुप पनि अटो रिक्सा नै चलाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप