कर्मचारीले के गर्छन् भनेर जान्न कम्पनीले शौचालयभित्र लगायो सिसिटिभी क्यामरा
एउटा चिनियाँ कम्पनीले ट्वाइलेट बुथ माथि सिसिटिभी क्यामेरा जडान गरेको भन्दै आक्रोश व्यक्त गरिएको छ । कर्मचारीले आफ्नो ‘टोयलेट ब्रेक’ मा के गर्छन् भनेर अनुसन्धान गर्न सिसिटिभी जडान गरेका थिए ।
कामका बेला शौचालय प्रयोग चीनमा लामो समयदेखि विवादास्पद विषय बनेको छ । विगतमा, शौचालयमा धेरै समय बिताएकोमा कर्मचारीको तलब कटौती गर्ने कम्पनीहरू, दिनमा एक पटकभन्दा बढी शौचालय प्रयोग गरेकोमा कामदारहरूलाई जरिवाना गर्ने कम्पनीहरू र शौचालयका बुथहरूमा टाइमर जडान गर्ने कम्पनीहरूको बारेमा पनि पढ्न पाइएको छ । तर फुइजान प्रान्तस्थित जियामेनको एउटा टेक्नोलोजी कम्पनीले जे गरेको छ, त्यो माथि दिइएका उदाहरणभन्दा पनि बढी विवादास्पद छ । उक्त कम्पनीले बाथरुम ब्रेकमा कुन कुन कर्मचारीले मोबाइल फोन चलाउँछन् भनेर निगरानी गर्न सिसिटिभी जोडेको थियो ।
बाथरुममा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज चिनियाँ सोसल मिडियामा पछिल्लो समय निकै भाइरल भइरहेका छन् । लिथियम ब्याट्रीको उत्पादनमा विशेषज्ञता हासिल गर्ने सरकारी स्वामित्वको कम्पनी सियामेनमा रहेको चाइना एभिएसन लिथियम ब्याट्री टेक्नोलोजी कम्पनी लिमिटेडको बाथरूमको पृष्ठभूमिलाई चिन्न धेरैलाई लामो समय लागेन ।
फोटोमा देखाइएका तीनजना व्यक्तिमध्ये दुईजनालाई जागिरबाट निष्कासन गरिएको र तेस्रोलाई गम्भीर दण्ड स्वरुप मासिक पं्रदर्शन शून्यमा झारिएको बताइएको छ ।
तस्बिरहरू भाइरल भएपछि चाइना एभिएसन लिथियम ब्याट्री टेक्नोलोजी कम्पनी लिमिटेडलाई समाचार एजेन्सीहरुले सम्पर्क गर्न थालेपछि, कम्पनीले एउटा विज्ञप्ति जारी गर्दै लीक गरिएका फोटोहरू आफ्नो सिसिटिभी क्यामराले रेकर्ड गरेको स्वीकार गरे । तर, कम्पनीको शौचालयभित्र कसले धुम्रपान गर्छ भनेर निगरानी गर्ने उद्देश्यले यस वर्ष मात्रै क्यामेरा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।
तर कारण जे जस्तो भएपनि शौचालयमा सिसिटिभी जडान गर्नुलाई कुनै पनि हालतमा स्विकार्य नहुने धेरैले बताएका छन् ।
‘ओह माई गड ! गोपनियताको कुरा खोई त ?’ एकजना वेबो प्रयोगकर्ताले सोधे ।
‘उनीहरुले मानिसलाई जनावर झैँ व्यवहार गर्छन्, रत्तिभर पनि सम्मान छैन, मानवताको खोई ?’ अर्काले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा