बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नाडामा नबिलको आकर्षक योजना, तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने

मङ्गलबार, ०४ असोज २०७९, १८ : २४
मङ्गलबार, ०४ असोज २०७९

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । जसअनुसार बैंकले यही असोज ६ गतेदेखि असोज ९ गते सम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा ईभी एक्स्पोमा सहभागी हुने आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । 

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो  आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । एक्स्पो अन्तर्गत बैंकको स्टल नं.जी–१२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुल्यांकन गरी कर्जा स्वीकृत प्रमाणपत्र प्रदान गर्ने सुविधा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप