शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

मङ्गलबार, ०४ असोज २०७९, १९ : ०८
मङ्गलबार, ०४ असोज २०७९

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मद दर्जी उर्फ लाल मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आईजीपीको सचिवालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।

समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् । सोमबार साँझ मोटरसाइकलमा आएका ३ जनाले उनलाई ४ राउण्ड गोली हानेर हत्या गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप