शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी नखुलेपछि कड्किए शिक्षामन्त्री

मङ्गलबार, ०४ असोज २०७९, २० : १०
मङ्गलबार, ०४ असोज २०७९

नेपालकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी छ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गत वर्षदेखि नै तालाबन्दी गरेको छ ।

तालाबन्दी खोल्न गरिएको पटक पटकको पहल निरर्थक बनेको छ । जसले गर्दा विश्वविद्यालयले आफ्ना दैनिक कामकाज समेत गर्न सकेको छैन । लामो समयदेखि तालाबन्दी नखुलेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल कड्किएका छन् । विद्यालय तथा विश्वविद्यालय क्षेत्रमा तालाबन्दी गर्नु भनेको सामाजिक अपराध भएको उनको दाबी छ । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी गर्नेलाई कानुनी दायरमा ल्याउनुपर्ने बताए । 

'संसारमा दुई ठाउँ निकै पवित्र मानिन्छ । एउटा मठ मन्दिर, मस्जिद, गुम्बा । अर्को भनेको शिक्षा आर्जन गर्ने थलो । शिक्षा आर्जन गर्ने थलोमा तालाबन्दी गर्नु भनेको सामाजिक अपराध हो । पवित्र ठाउँमा तालाबन्दी गर्न पाइँदैन,' मन्त्री पौडेलले भने । विश्वविद्यालयमा भइरहेको तालाबन्दी खोल्नका लागि सिनेट बैठकले नै निर्णय गर्नुपर्ने उनको भनाई छ । तालाबन्दी खोल्नका लागि पटक पटक छलफल तथा वार्ता गरिएपनि खोल्न नसकिएको भन्दै अब कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप