'एक्सन’मा उत्रिँदै ललितपुर महानगरपालिका, मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना
बुधबार, ०५ असोज २०७९, ०६ : ५५

ललितपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ ।
सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्विकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गर्न वा हटाउन आग्रह गरिएको छ ।
सो म्यादभित्र सूचना बमोजिमको काम नगरेमा महानगरपालिका कार्यालयले त्यस किसिमका संरचनाहरु हटाउने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?