मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ स्टक एक्सचेन्ज विवाद

बुधबार, ०५ असोज २०७९, ०७ : १३
बुधबार, ०५ असोज २०७९

चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ। ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिवार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक बसेर छलफल गर्न सम्भव नभए पनि आवश्यक विवरण संकलन गर्ने र संसदीय चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको अर्थ समितिले यसमा थप छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले बताए।

प्रतिनिधिसभा अन्तर्गतको समितिको ३१ भदौको निर्णय अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई बोधार्थसहित पत्र काटेको पनि उनले बताए । नेपाल धितोपत्र बोर्डको सिफारिसमा २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावलीको संशोधन स्वीकृत गरेको थियो । यो समाचार कारोबार दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप