शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टी-२० शृंखला : भारतलाई अष्ट्रेलियाले हरायो

बुधबार, ०५ असोज २०७९, ०९ : १६
बुधबार, ०५ असोज २०७९

अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी २० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो । 

अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । त्यस्तै ओपनर क्यामरुन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गरे । स्टिभ स्मिथले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । भारतका अक्सर पटेलले तीन,उमेश यादवले दुई तथा युजवेन्दर चाहलले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले हार्दिक पाण्डेयाको अविजित ७१ रन मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा दुई सय आठ रनको विशाल योगफल खडा गरेको थियो ।

भारतका लागि ओपनर केएल राहुलले ३५ बलमा चार चौका र तीन छक्का मद्दतमा ५५ रन जोड्दा पाण्डेयाले २० बलमा सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, सूर्यकुमार यादवले २५ बलमा दुई चौका र चार चौका मद्दतमा ४६ रन जोडे । अस्ट्रेलियाको नाथन इल्सले तीन, जस हाज्लेउडले दुई र क्यामरुन ग्रिनले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप