बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनले दिए सैन्य परिचालनको आदेश

बुधबार, ०५ असोज २०७९, १२ : ५६
बुधबार, ०५ असोज २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् । 

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूर्व रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय 'मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न' लिएको बताए।

'यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौ' पुटिनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप