सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने समय पुनः थप
सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।
तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका(४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आइपिओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । सह(निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ