शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीको पुत्ला दहन, तस्बिरहरु हेर्नुहोस्

बुधबार, ०५ असोज २०७९, १६ : ०२
बुधबार, ०५ असोज २०७९

अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो । 

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिनन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।

सो अघि राष्ट्रपति भण्डारीले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप