बझाङमा दुई मतदानस्थल थप
बुधबार, ०५ असोज २०७९, १६ : ५४

बझाङमा दुई मतदानस्थल थप भएका छन् । जिल्लाको छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिकामा मतदानस्थल थप भएका हुन् । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार केदारस्यूँ–४ मा पनि मतखान केन्द्र विभाजन गरिएको छ । जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता
-
एसईईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन
-
प्रदेशसभा स्थगित गरिएकोप्रति कांग्रेसको आपत्ति
-
कोशी प्रदेश : अल्पमतको सरकारले बजेट कसरी ल्याउँछ ?
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)