होनोरले ल्यायो एक्स६ को आकर्षक प्रि–बुकिङ अफर
बुधबार, ०५ असोज २०७९, २० : १६
नेपालका लागि होनोर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले एक अफरसहित प्रि–बुकिङ खोलेको छ । कम्पनीले होनोरको पछिल्लो एन्ट्री लेभल फोन अर्थात होनोर एक्स६ को प्रि–बुकिङ सुरु गरेको हो ।
आकर्षक सुविधाले सज्जित उक्त फोन यसअघि लन्च गरिएको कम्पनीको एक्स सेरिज परिवारको नयाँ सदस्य भएको विज्ञप्तिमा उल्लेख छ । यसको प्रि–बुकिङ सेप्टेम्बर २४ देखि सुरु भएर २५ तारिखमा समाप्त हुनेछ । यो योजनाअन्तरगत उपभोक्ताले ५ हजार ५०० मूल्यको होनोर इयरबड एक्स३ मात्र ५०० रुपैयाँमा प्राप्त गर्नेछन् ।
५००० एमएएच ब्याट्री, ४जीबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज, आकर्षक क्यामरा प्रणाली र अल्ट्रा डिजाइन भएको यो फोन एन्ड्रोइड १२ मा आधारित भएको कम्पनीले जनाएको छ। २६ सेम्टेम्बरदेखि बजारमा उपलब्ध हुने यो फोनको मूल्य १८ हजार ४९० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु