दुई दशकपछि पहिलोपटक भारत प्रशासित कश्मीरमा फिल्म हल खुले
सशस्त्र पृथकतावादी आन्दोलनका कारण बन्द भएका भारत प्रशासित कश्मीरका हलका सिनेमाका पर्दामा पुनः फिल्महरु चल्ने भएको छ । मंगलबार सहरको पहिलो मल्टिप्लेक्सको उद्घाटन भयो र आगामी महिनादेखि यसमा चलचित्रहरू प्रदर्शनमा आउनेछ । आईनक्स नामक भारतीय मल्टिप्लेक्स चेनले जम्मू र कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरमा तीन स्क्रिन भएको ५२० सिटको हल बनाएको हो ।
सहरको पहिलो मल्टिप्लेक्सलाई यस क्षेत्रका शीर्ष अधिकारी मनोज सिन्हाले मंगलबार उद्घाटन गरे । जम्मु–कश्मीरको सबैभन्दा हिंसाग्रस्त क्षेत्र मानिने शोपियान र पुलवामामा पनि दुई सिनेमा हल उद्घाटन भएको छ । साथै, थप १० सिनेमाहरू खोल्ने योजना रहेको बताइन्छ । बन्द हुनुअघि श्रीनगरमा एक दर्जनभन्दा बढी एकल पर्दाको सिनेमा हलहरु सञ्चालनमा थिए । सुरक्षास्थिति बिग्रँदै गएपछि ती एकपछि अर्को गर्दै बन्द भए ।
अन्तिम सिनेमा हल सन् १९९९ मा बन्द भएको थियो । बन्द भएका फिल्महरूलाई भारतीय सुरक्षा बलहरूले प्रयोगमा ल्याएका थिए । सुरक्षाकर्मीको उलेख्य उपस्थिति रहने भारत प्रशासित जम्मु–कश्मीरमा कम्तिमा पाँच लाख भारतीय सेना स्थायी रूपमा तैनाथ छन् । विशेषत पृथकतावादी समूहहरु विरुद्ध तिनको तैनाथ गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू