बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युवकमाथि प्रहरीको कुटपिट, एकजना गम्भीर

बुधबार, ०५ असोज २०७९, २३ : १३
बुधबार, ०५ असोज २०७९

मोटरसाइकलमा ३ जना चढेको आरोपमा प्रहरीले दुई युवकमाथि निर्घात कुटपिट गरेको छ । कुटपिटबाट महोत्तरीको जलेश्वर नगरपालिका–०४ थरुवाहीका हाल धनुषा जनकपुरधाम उपमहानगरपालिका–०४ सरस्वती टोल बस्ने १८ वर्षका सुमित यादव गम्भीर घाइते भएका छन् । रात्रि भोजमा सहभागीमा भएर घर फर्किरहेका मोटरसाइकलमा सवार युवकमाथि प्रहरीले कुटपिट गरेको हो ।

फर्किने क्रममा प्रहरीले एक हजार घुस मागेको र आफू विद्यार्थी भएकोले दिन नसक्ने बताएपछि प्रहरीले कुटपिट गरेको मोटरसाइकलमा सवार एक युवकले बताए । ती युवकका अनुसार प्रहरीले लखेटेर घरसम्म आएर कुटपिट गरेका थिए ।  झगडा छुट्याउन गएका सुमितका आमा निर्मला यादवलाई  समेत प्रहरीले हेल्मेट प्रहार गरी कुटपिट गरेको स्थानीयको भनाइ छ ।

घाइते यादवको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कुटपिट गर्ने दुवैजना प्रहरीले रक्सी सेवन गरेको थिए ।  प्रहरीले एक युवकलाई नियन्त्रणमा समेत लिएको छ। घटनाका विषयमा आफूलाई पूर्ण जानकारी नरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप