शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव मण्डलको निधन

बिहीबार, ०६ असोज २०७९, ०८ : ५४
बिहीबार, ०६ असोज २०७९

नेपाल पत्रकार महासंघ रौतहट शाखाका  पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए ।

विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको  लामोसमय देखि  वीरगंजमा उपचार भइरहेको थियो । 
 
यसैबीच नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा र माधवनारायण नगरपालिकाले एक शोक विज्ञप्ती जारी गरी मण्डलको निधन प्रति दुःख व्यक्त गरेको छ । साथै माधवनारायण नगरपालिकाले आफनो तत्कालीन जिन्सी शाखा प्रमुख मण्डलको निधनमा आज बिहिबार एक दिन शोक विदा पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप