निर्वाचन आयोगद्वारा मुख्य निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो । उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको आयोगले जनाएको छ ।
“संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९/०६/११ गतेदेखि लागु हुने गरी देहायबमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ,” आयोगले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका कारण राजीनामा दिन बाध्य महान्यायाधिवक्ता मृत भेटिइन्
-
नेपालमा पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण सुरु, १ अर्ब २० करोड लगानी
-
कर्णाली प्रदेशले दिएको लक्ष्य ३९ बलमै पुरा गर्यो बागमती प्रदेशले
-
वीरगन्जमा टाटा योद्धा सार्वजनिक
-
ब्रोकाउलीमा भेटियो अत्यधिक विषादी
-
बक्स अफिसको ‘टप’ मा डिज्नीको ‘स्नो ह्वाइट’