बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्णिमाले सार्वजनिक गरिन् ‘रुपै मोहनी’

बिहीबार, ०६ असोज २०७९, १२ : २७
बिहीबार, ०६ असोज २०७९

गायिका पूर्णिमा लामाको नयाँ गीत ‘रुपै मोहनी’ सार्वजानिक भएको छ । गीत गायनमा गायिका लामालाई पुष्पराज बसेलले स्वरमा साथ दिएका छन् ।  रामकृष्ण महराको शब्द, भीम बिसीको संगीत रहेको गीतमा तथा संगीत संयोजन आमोस तामाङको छ । 

गीतको भिडियोमा महेश खडका र बि.डि शाहले अभिनय गरेका छन् । जिबी अग्रीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमकथा देखाएन खोजिएको छ ।  छायांकन तथा सम्पादन पवन सुस्लिङको रहेको भिडियोमा दिपक एम सिंहको नृत्य छ । 

सानैदेखि गायन सुरु गरेकी लामा डेढ दशकदेखि निरन्तर गीत संगीतमा क्रियाशील छन् । हालसम्म उनले ४०० बढी गीत गाइसकेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप