बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ईभी अटो शो नाडाको मात्र होइन हाम्रो पनि हो : अर्थमन्त्री शर्मा

बिहीबार, ०६ असोज २०७९, १३ : ०१
बिहीबार, ०६ असोज २०७९

अर्थमन्त्री जनार्दन शर्माले ईभी अटो शो नाडाको मात्र नभएर सम्पूर्ण नेपालीको भएको जिकिर गरेका छन् । बिहीबारबाट राजधानीमा शुरु भएको नेपालको पहिलो ईभी अटो शो को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘ईभी अटो नाडाको मात्र होइन अब हाम्रो हो । अहिले विश्व नै ग्रीन अर्थतन्त्रको बहसमा प्रवेश गरिसकेको अवस्था छ। कसरी वातावरणमैत्री उत्पादन र प्रयोगमा ध्यान दिने भन्ने बहस चलिरहेको अवस्थामा नाडाले वातावरणमैत्री विद्युतीय सवारीको प्रदर्शनी शुरु गरेको छ । यसप्रति सरकार खुशी छ, आयोजक नाडालाई धेरै धेरै धन्यवाद दिन्छौं’  अर्थमन्त्री शर्माले भने ।

अहिलेको आवश्यकता नै विद्युतीय सवारीको प्रयोग भएको भन्दै अर्थमन्त्री शर्माले वार्षिक ३ खर्बमाथिको पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न पनि यसको प्रयोग आवश्यक रहेको बताए । सोही अवसरमा अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा मात्र नभएर हरेक वस्तु उत्पादन, आत्मनिर्भर र निर्यातमा सबै केन्द्रित हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप