विकास बोर्डलाई अशोक शर्माको प्रश्न– क्लब, रेस्टुरेन्टहरु खोल्न मिल्ने, हल किन नमिल्ने ?

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

चलचित्र विकास बोर्डले ११ बजेपछि हल सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भनेर ल्याएको नियमप्रति निर्माता, निर्देशक तथा प्रदर्शक अशोक शर्माले असन्तुष्टि जनाएका छन् । उनले ११ बजेसम्म हलहरुमा सम्पूर्ण शो सकि सक्नुपर्ने चलचित्र विकास बोर्डको नियम सरासर गलत रहेको बताएका छन् ।


शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै बोर्डको नियमको विरोध गरेका हुन् । दयाराम दाहाल अध्यक्ष रहेको बेला आवश्यक भए हलहरु २४ सै घन्टा खोल्ने सहमति भएको समेत उनले खुलाएका छन् । ‘दयाराम दाहाल अध्यक्ष भएको बेला सबै संघ–संस्थासहित बसेको बैठकले आवश्यक भए २४ सै घन्टा हल खोल्ने सहमति भएको छ । पटक–पटक सहमति तोड्ने नियम बदल्ने राम्रो चलन होइन’ उनले बोर्डलाई प्रश्न गरेका छन् ‘क्लब, रेस्टुरेन्टहरु २४ घन्टा  खोल्न मिल्ने सिनेमा हल किन नमिल्ने ?’



यस्तो छ अशोकको पोष्ट
चलचित्र विकास बोर्डले राती ११ बजेसम्म हलहरुमा सम्पूर्ण शो सकिसक्नुपर्ने नियम बनाएको छ भन्ने सुने यदि यो सत्य हो भने सरासर गलत निर्णय हो । दयाराम दाहाल अध्यक्ष भएको बेला चलचित्रका सबै संघ संस्थासहित बसेको बैठकले आवश्यक भए २४ सै घन्टा सिनेमा हल खोल्ने सहमति भएको छ । पटक–पटक सहमति तोडने नियम बदल्ने राम्रो चलन होइन । क्लब ,रेस्टुरेन्टहरु २४ घन्टा खोल्न मिल्ने सिनेमा हल किन नमिल्ने ? 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।