बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा एकैदिन ४ ठाउँमा आगलागी

बिहीबार, ०६ असोज २०७९, २३ : ०९
बिहीबार, ०६ असोज २०७९

काठमाडौं उपत्यकामा बुधबार एकैदिन ४ ठाउँमा आगलागी भएको छ । काठमाडौँ र ललितपुरका विभिन्न ४ ठाउँमा आगलागी भएको हो । यसमध्ये बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ राममन्दिर अगाडिको घरमा भएको आगलागीबाट मानवीयसहित ठूलो भौतिक क्षति पुगेको छ । 

बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डितलेसहरका ठूला प्रकृतिका आगो नियन्त्रण गर्न साँघुरो सडक र सवारी चाप नै मुख्य चुनौती भएको बताए । बारुण यन्त्र कार्यालयका फायर कमाण्डर एवं नगर प्रहरी नायव निरीक्षक नरेशराज कुँवरले आगलागी नियन्त्रणका लागि भोग्नु परेको समस्या सुनाउँदै भने, ‘हामी पुग्दा कोठामा राखिएका अक्सिजन ग्याँसका सिलिण्डर बम जत्तिकै पड्किँदै थिए । ग्याँससहितको मिश्रित आगो दन्किरहेको थियो । हामीले निरन्तर प्रयास गर्दा रातको साँढी १० बजे मात्र आगो पूर्ण नियन्त्रणमा लिएका थियौँ ।’

कपन आगलागीको घटनामा ३ जनाको मृत्यु हुनुका साथै  एक जना घाइते समेत भएका छन् । यस्तै गोङ्गबु टाउन प्लानिङ्को पसल, पुतलीसडकस्थित न्युप्लाजाको विजुलीको पोल र ललितपुर धोवीघाटको कवाडी पसलमा पनि आगलागी भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप