शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषले घातक रोगको उपचार गर्न १० लाख दिने

बिहीबार, ०६ असोज २०७९, १८ : २२
बिहीबार, ०६ असोज २०७९

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताले घातक रोग लागेमा कोषबाट १० लाख रुपैयाँसम्म उपचार खर्च पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था नभएकोमा कोषले आफ्नो कार्यविधिको तेस्रो संशोधनमार्फत नयाँ व्यवस्था थप गरिएको हो ।

कोषका अनुसार योगदान सुरु गरेको २ वर्षपछिदेखि घातक रोगको उपचार खर्च दिन थालिनेछ । र, यस्तो सुविधा जागिर छोडेको २ वर्षपछिसम्म लागू हुनेछ भने कोषको बृद्धा अवस्था सुरक्षा योजना अन्तरगत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताहरुले निवृतभरण प्रारम्भ भएको ७ वर्षसम्म घातक रोग सम्वन्धी सुविधा उपयोग गर्न सकिनेगरी विषेश व्यवस्था गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । 

घातक रोग भन्नाले कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगहरु पर्दछन् ।

यस्तै, योगदानकर्ताका सन्ततिहरुलाई चिकित्सा विज्ञान, ईन्जिनियरिङ्ग, नर्सिङ्ग, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

कोषले योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ बनाएर यस्तो व्यवस्था गरेको हो । योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिक सत्रदेखि लागु हुनुका साथै प्रतिव्यक्ति बढीमा पाँच लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान हुने व्यवस्था यस कार्यविधिमा रहेको छ । यस्तै, कोषले योगदानकर्ताको लागि दिने औषधी उपचार सुविधा अब दम्पत्तीलाई नै दिने भएको छ । यसअघिसम्म यस्तो सुविधा सम्बन्धित व्यक्तिले मात्रै पाउने व्यवस्था थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप